महेश सिंह सिरहा लहान २० बैशाख – बैशाख ३० गते हुन् लागेको स्थानीय तहको निर्वाचनमा नवराजपुर गाउँपालिका वाडा नम्बर २ बाट जनता समाजवादी पार्टी नेपाल (जसपा) निकट वाडा अध्यक्ष पदमा सुरेश कुमार यादवले मनोनयन दर्ता गराएका हुन्। उनी पालिकाको सबै उमेदवार भन्दा कानो उमेदवार र कलिलो उमेरका युवा हुन्।
यादव समाजको लोकप्रिय युवा बौद्धिक समाजिक ब्यक्ती हुन्।उनी निरन्तर समाजसंग जोडीएका ब्यक्ती भएको नाताले जनताले नै उनलाई उत्साहित गरेर उमेदवार बनाएका हुन्।सुरेश यादवको नाउँ उमेदवारीको लागी प्रस्ताव भए पछी गाउँ नै उत्साही भएका छन। उनी सानै देखि समाजिक चिन्तन बोकेका युवा हुन्। उनले समाजको बेतिथीलाई अन्त, र प्रास्त गर्न बैंककको जागिर छोडेर राजनीतिमा लगेका हुन्।
आफनो उमेदवारी समाज रुपान्तरणको लागि हुने र बिकास र समृद्ध समाजको लागी रहने उनले बताए। शिक्षा स्वास्थ र कृषिमा विशेष जोड दिने बताए।जनताले प्रोत्साहित गर्दा उनी चुनावी प्रतिस्पर्धा आएका हुन्।
आफू चुनावमा सफल भयो भने शिक्षा स्वास्थमा विशेष जोड दिने र बिकास निर्माणमा गति ल्याउने उनले प्रतिबद्धता व्यक्त गर्नु भयो। उनी समाजमा निकै लोकप्रिय उमेदवार रहेका हुन्।उक्त पालिकामा जसपा निकट शिव उदगार यादव पालिका अध्यक्षको कसिलो उमेदवार रहेका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

