कृष्णनगर, कपिलवस्तु बैशाख १९
रमजानको एक महिनाको कठिन उपबास पछिको मुस्लिम समुदायको खुशियालीको पर्व इद ऊल फित्रको पावन अवसरमा कृष्णनगर नगरपालिका वडा नं २ कृष्णनगर बस्ने अकरम अब्दुल रहमान खान( अकरम पठान) ले
स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण समुदायमा ईद ( ईदुल फित्र) को शुभकामना दिए र यस अवसरमा सम्पूर्ण नेपाली जनताका बीच परस्पर सम्मान, सद्भाव र सुदृढ एकताका निम्ति उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र दीर्घायुको मंगलमय कामना प्रकट गर्दछ ।
अकरम पठानस्थानीय चुनावमा कृष्णनगर नगरपालिका प्रमुख पदका लागि जसपा नेपाल पार्टी बाट उम्मेदवारी समेत दिएका छन् l
पठानले ईद पर्वको अवसरमा सबैमा मानवताको विकास हुदै एक आपसमा भाईचारा कायम रहोस भन्ने भाव व्यक्त गरेका छन् l
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

