नवलपरासी / १९ वैशाख
पश्चिम नवलपरासी जिल्लामा स्थानीय चुनावको चुनावी शरगर्मी निकै बढेको छ ।
सबै पार्टीका तथा स्वतंत्र उम्मेदवारहरू चुनावमा आ आफ्नो घोषणा पत्र सहित जनता माझ घरदैलो कार्यक्रममा व्यस्त रहेको देखिन्छन ।
सोहि क्रममा प्रतापपुर गाउँपालिकामा जनता प्रगतिशील पार्टीबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार करम हुसेन अन्सारी , उपप्रमुख पदकी उम्मेदवार अन्जु कुमारी चौधरी लगायत वडाध्यक्ष पदका तथा सदस्य पदका उम्मेदवारहरू प्रतापपुरका जनताको समर्थनका साथ चुनावी माहोलमा होमीएका छन् ।

जप्रपा निकट युवा नेता अन्सारीलाई अध्यक्ष बनाउन जनताको साथ र समर्थन रहदै आएको उनी निकट नेताहरु बताउदै आएका छन् ।
समाजसेवी युवा नेता अन्सारीले आफू चुनाव जितछु भन्दै उमेदवारी दर्ता गराएका थिए । अन्सारी छोटाे समयमा निकै लोक लोकप्रिय बन्दै गएका हुन ।

निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा जनतामा उल्लासका साथ प्रतापपुरमा जनता प्रगतिशील पार्टीलाई साथ र सहयोग गर्ने स्थानियहरुमा उत्साह जागेको छ । अध्यक्ष पदका उम्मेदवार अन्सारीले जनताले विजयी बनाए गाउँपालिकाको पूर्ण विकास गर्न आफू प्रतिबद्ध रहने बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

