राष्ट्रिय दैनिक / नवलपरासी ,१९ बैशाख
नेकपा एमालेको तर्फबाट बर्दघाट नगरपालिका वडा नम्बर १४ को अध्यक्षका उमेदवार केसव खत्री यतिबेला चुनाबी प्रचार प्रसारमा सक्रिय रहेका छ्न।उनी निर्वाचित वडा अध्यक्ष पनि हुन ।वडा नम्बर १४ मा खत्रीले ४६२ मतान्तरमा चुनाब जितेका थिए।अहिले पनि नेकपा एमालेले खत्रीलाई दोश्रो पटक अध्यक्ष पदमा दोहोर्याएको छ।
अघिल्लो पटक अवसर पाईसकेको ब्यक्ती फेरि किन उठ्नु भो अरुलाइ अवसर दिनु पर्दैन भन्ने प्रश्नमा पार्टीले बिस्वास गरि मलाई पुन जिम्मेवारी दिएको छ यसलाई स्विकार गर्नु पर्ने उनी बताउछन ।सबै साथिहरुको भावनालाई मुल्यांकन गरेर नै पार्टीले मलाई दोहोर्याएको हो उनले भने।असन्तुष्ट साथिहरु सबै दलमा हुनुहुन्छ त्यसैले समर्थन वा बिरोध नौलो बिषय नरहेको उनी बताउछ।मैले वडा नम्बर १४ का लागि कती काम गरे आम जनताले मुल्यांकन गर्नु भएको छ ।फेरि जनताकै घरदैलोमा पुगेको छु मैदानमा उत्रदा जित हार स्वभाविक हो तर १४ नम्बर वडाको बिकासमा म कटिबद्ध छु उनले भने ।
खत्रीले गठबन्धनका उमेदवार सन्तु गाहा सग प्रतिस्पर्धा गर्दैछन ।बर्दघाट १४ मा आम मतदाताका लागि यो निर्बाचन रोचक बनेको छ। नेकपा एमालेले खत्रीलाई टिकट दिएपछि रुष्ट बनेका शोभाकर भुसाल समाजबादीमा प्रवेश गरेका छन।उनी अहिले स्वतन्त्र उमेदवारको रुपमा चुनाव लड्दै छ्न। जित कसको पोल्टामा पर्छ बैशाख ३० को मतदान ले निर्क्योल गर्ने छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

