महेश सिंह सिरहा लहान १९ बैशाख – काङ्ग्रेस बुझेका नवीन कुमार झा र अशा देवी मंण्डलद्वारा स्थानीय तहको निर्वाचनमा पालिका अध्यक्ष र उपाध्यक्षमा मनोनयन दर्ता गराएका हुन्। जनताको माग अपेक्षालाई बुझ्दै आफुले उमेदवारी दिएको झाले बताए। सप्तरीको बलान बिहुल गाउँपालिकामा बिकासको लहर ल्याउन आफू दुबै जनाले उमेदवारी दिएको उनले बताए।
पालिका भित्र रहेको बिकास बाध्कलाई हटाई समतामूलक समाज निर्माण गर्न र बिकासको लहर ल्याउन मनोनयन दर्ता गराएका हुन्।पालिका अध्यक्षमा नवीन कुमार झा र उपाध्यक्षमा अशा देवी मंण्डलले मनोनयन दर्ता गराएकी हुन।
पालिकामा काङ्ग्रेस निकट झा र मंण्डल उमेदवारी दिए लगत्तै काङ्ग्रेस प्रतिको झुकाव पालिकामा निकै बडेको छ।
पालिकामा नेपाली काङ्ग्रेसको उमेदवारहरु निरन्तर घर्दैलो कार्यक्रममा ब्यस्त देखिएका हुन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

