महेश सिंह सिरहा लहान १९ बैशाख – सिरहाको धनगढीमाई नगरपालिकामा जसपा नेपाल उमेदवारहरु निरन्तर घरदैलो कार्यक्रममा ब्यस्त देखिएका छन।पार्टीलाई स्थानीय सरकारमा ल्याउन निकै कसरत गरीरहेका छन्। जसपा निकट संजिप कुमार यादवले उप- मेयर पदका मनोनयन दर्ता गराएका हुन्। २०७० साल देखि राजनीतिमा सकृय हुँदै हाल जसपा पार्टीका प्रदेश युवा कमिटी सदस्य समेत रहनु भएका हुन्।
यता धनगढीमाई नगरपालिका वाडा नम्बर ७का लागी जसपा निकट बिजय कुमार महतोले उमेदवारी दिएका छन्।मधेस आन्दोलनबाट राजनीति यात्रा सुरु गरेको महतो हाल सम्म राजनीतिमा र समाजसेवा गर्दै आएका थिए।समाजलाई परिबर्तन र रुपान्तरण गर्न आफू दुबै जनाले उमेदवारी दिएको उनले बताए।
उप मेयरको उमेदवार यादव शिक्षा संकायमा अङ्ग्रेजी विषयलिएर एम.एड उतिर्ण गरेका उनी सामाजका बिश्वाशिलो र समाजका गन्ने मान्ने ब्यक्ती हुन।यता अध्यक्षको उमेदवार महतोले प्राबिधिक संकायमा कम्प्युटर इन्जिनियरिङ उतिर्ण गरेका उनी आफनो पेसा छोडेर समाज सेवा गर्न मनोनयन दर्ता गराएका हुन्। नेता महतो सानै उमेरमा निकै लोकप्रिय र चर्चा बटुलेका ब्यक्ती हुन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

