तुलसीराम पौडेल —
फर्साटिकर, बैशाख १९
रुपन्देहीको शुद्दोधन गाउपालिका -४ सौ फर्साटिकर स्थित फर्साटिकर सिद्दार्थ इङलिस बोर्डिङ स्कुलमा कक्षा -९ का विद्यार्थीहरुको आयोजनामा विदाइ कार्यक्रम सम्पन्न भएको छ। एस . इ . इ. परीक्षामा सहभागी भएका कक्षा १० का विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच बिदाइ गरिएको हो ।
कक्षा ९ का छात्र किरण बस्नेतको अध्यक्षता, विद्यालयका प्रबन्ध निर्देशक ऋषिराम बस्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
विद्यालयका प्रधानाध्यापक डिल्लीराम पौड्यालले फर्साटिकर सिद्दार्थका विद्यार्थीहरुको अहिलेसम्मको गरिमा उच्च रहेकोे र यसलाई कायम राख्न अनुशासित एवं लगनशील भएर अध्यन गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।कक्षा ९ का विद्यार्थी रितु पौडेलको स्वागत रहेकोे कार्यक्रमको संचालन दिया डुम्रेले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

