Rashtriya Dainik

अनेरास्ववियुद्वारा ७ ताैँ पालिकामा मतदाता शिक्षा दिनको लागि समिति गठन

महेश यादव

पश्चिम नवलपरासीमा अनेरास्ववियु जिल्ला कमिटीकाे बैठक द्वारा ७ ओठै पालिकामा मतदाता शिक्षा दिन को लागि समिति गठन भएको छ । अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष निरज पाैडेलकाे अध्यक्षता तथा नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष डाेलराज भण्डारीकाे प्रमुख अतिथतामा ७ ओठै पालिकामा मतदाता शिक्षा दिन को लागि समिति गठन गरिएको हाे।

बैठकमा बाेल्दै प्रमुख अतिथि भण्डारीले आउदो ३० गते हुने स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै ७ ओठै पालिकामा मतदाता शिक्षा दिन को लागि समिति गठन गरिएको बताए।
स्थानीय निर्वाचनमा कतिपय मतदाताहरुलाई मतदान गर्ने तरिका तथा नियमहरु थाहा नहुन सकेकाले मतदान गरिएको बदर हुन जाने बढी सम्भावना रहेकोले मतदाता शिक्षा प्रदानका लागि ७ ओठै पालिकामा मतदाता शिक्षा दिन को लागि अनेरास्ववियु जिल्ला कमिटीद्वारा समिति गठन गरिएको बताउनुभयो ।

साथै अनेरास्ववियु जिल्ला कमिटी संगठन विभाग प्रमुख दामोदर देवकोटाले आफ्नो निजि स्वामित्वकाे लागि विधान उलङ्घन गरेर अनेरास्ववियु जिल्ला कमिटीकाे संगठन विभाग प्रमुखकाे पदभार माथि खेलवाड गरेको भन्दै दामोदर देवकोटालाई साधारण सदस्य समेत नरहने गरि कार्वाही गरेको अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष निरज पाैडेलले जानकारी दिनुभएको थियोे ।

बैठकमा नेकपा एमाले जिल्ला कमिटी उपसचिव राजन अाचार्य , अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य तथा नवलपरासी जिल्ला ईन्चार्ज सुसान्त शर्मा घिमिरे र अनेरास्ववियु केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज अस्मिता क्षेत्री लगाएतकाे अतिथिहरुकाे उपस्थित रहेको बैठकमा अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष निरज पाैडेलकाे अध्यक्षतामा ५०१ सदस्यीय प्रचारप्रसार कमिटी निर्माण गरि बैठक सम्पन्न भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित