पर्सा १९ बैशाख
धोबिनी गाउँपालिका वडा न.४ लंगडिमा नेकपा माओवादीको घरदैलो कार्यक्रमले निरन्तरता पाइरहेको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै माओवादीले जनतासँगको भेटघाटलाई तिव्रता दिएको हो । नेकपा माओवादीबाट धोबिनी गाउँपालिका वडा न.४ लंगडिको वडा अध्यक्ष पदका उम्मेदवार लालबाबु बानिया लाई जिताउन घरदैलो थालिएको हो । नेकपा माओवादीका उम्मेदवारले जितेपछि मात्रै बिकास र समृद्धि सम्भव भएको हाे । धोबिनी गाउँपालिका वडा न.४ लंगडिमा नेकपा माओवादीको उम्मेदवार लालबाबु बानियाले वडाका विकास गर्नका लागि उम्मेदवारी दिएको हाे ।
गत निर्वाचनमा पराजित भएपनि निरन्तर जनताको माझमा रहेर गरेका कामको मूल्यांकन गाउले गर्नेमा बानिया विश्वस्त छन।
आफु निश्पक्ष भावनाले जनतालाइ सेवा गर्दै आएको र गरिरहने समेत भन्दै उनले जनताले आफूलाई मतदान गर्ने बताए ।
उनले भने, ‘जनताले चाहेमा मैले नै जित हासिल गर्ने र धोबिनी गाउपालिकामा बिगत ५ बर्षदेखि भइरहेको भ्रष्टाचारको अन्त्य गर्ने मेरो प्राथमिता हो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

