Rashtriya Dainik

नेपालि काङ्ग्रेस त्यागेकाहरू पुन: फर्किदै, फेटा अग्रस्थानमा आउन सक्ने संकेत

कलैया १८ बैशाख। निर्वाचनको समय नजिक्दै जादा फेटा गाउपालिकाबाट नेपालि काङ्ग्रेस त्यागेकाहरूले पुन : नेपालि काङ्ग्रेस फर्किदै गएको समाचार प्राप्त भएको छ । प्राप्त समाचार अनुसार नेपालि काङ्ग्रेसको जिल्ला स्तरीय निर्णयले केहि रूस्ट भएका कार्यकर्ताहरूले पुन: नेपालि काङ्ग्रेस पार्टी भित्र फर्किने कार्य जारि रहेको बताइएको हो ।

टिकट बितरण कार्यमा अनियमितता भएको भन्दै केहि रूस्ट रहेका कार्यकर्ताहरूले नेपालि काङ्ग्रेस फर्किने क्रम देखेर प्रतिद्वन्द्वीहरूमा खैलाबैला भएको छ । पार्टीलाइ बिभिन्न बहाना बनाउदै बदनाम गर्न खोज्नेहरू आफ्नो राजनीतिमा असफल हुने संकेत समेत देखा पर्न थालेको स्थानीयले जिकिर गरेका छन । पार्टीलाइ सखाप पार्न खोज्ने रूस्तम अन्सारी माथि आरोप लगाउदै स्थानीयवासिले अगामि हुने निर्वाचनमा नेपालि काङ्ग्रेसको उम्मेदवार चन्देश्वर दुबेको जित हुने स्थानीयले बताएका छन ।

यता नेपालि काङ्ग्रेसको तर्फबाट फेटा गाउपालिकाका अध्यक्ष पदमा उम्मेदवारी दिएका चन्देश्वर दुबेले नेपालि काङ्ग्रेस पार्टीलाइ एउटा अब्बल पार्टीको रूपमा मानिने बताएका छन । उहाले कुनै एक तुछ मनस्थिति बोकेकाले गाउपालिकाबाट कुनै हालतमा नेपालि काङ्ग्रेस समाप्त हुन नसक्ने बताएका छन । यसपालि हुने निर्वाचनमा जनताले चाहे अवश्य नै जित हासिल गर्ने चन्देश्वर दुबेले बताएका हुन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित