महेश सिंह सिरहा लहान १८ बैशाख – सप्तरीको दक्षीण बर्ती गाउँपालिका बलान बिहुलमा वरिष्ठ समाजसेवी अरुण गोइत यादवले स्थानीय चुनावमा जनताको भवनमाको कदर गर्दै पालिका अध्यक्षमा नेकपा एमाले निकट मनोनयन दर्ता गएका हुन्। ऊनी पैनचाईत कालको गाबिसमा निर्वाचित भए पछी गाबिसमा निकै बिकास निर्माणका काम गरेका थिए।
जनताले उनलाई पुनः पालिकामा चुनावमा भागलिन उत्साही गर्दा उनी पालिका अध्यक्षमा उमेदवारी दिन सहमत भएका हुन्। जनताले चुनावमा निर्वाचित गर्यो भने पालिकालाई नमुना र समृद्ध पालिका बनाउने उनले पत्रकार समेलनमा प्रतिबद्धता ब्यक्त गर्नु भयो। जनताले मन पराए पछि पुनः उनी राजनीतिमा सकृय भएका हुन्। मधेसमा शिक्षा स्वास्थ र रोजगारको खाचो नितान्त खाचो रहेको उनले ठहर गरेका हुन्।
कार्यक्रममा उपाध्यक्ष पदका उम्मेदवार रीताकुमारी यादवले विशेष गरि महिला हिंसा न्यूनीकरणका आगि आफ्नो उम्मेदवारी भएको बताए। वडा नम्बर – १ का वडा अध्यक्ष पदका उम्मेदवार राम नारायण यादव २ का गौरी शंकर मण्डल ३ का रुद्र प्रसाद राय ४ का विरेन्द्र कुमार यादव ५ का महेन्द्र प्रसाद यादव ६ का सुर्य कुमार दासलगायतले आफ्नो वडामा भएका विभिन्न समस्या सामाधान गर्न कहिले पछि नहट्ने प्रतिबद्धता गरेका थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

