वीरगंज १८ बैशाख।
नेकपा एकीकृत ( समाजबादी )का बिरगंज महानगर भित्रका विभिन्न वडाका उम्मेदवारहरुको भेला सम्पन्न भएको छ ।
पार्टीको महानगर कमिटी द्वारा रोयल पार्टी प्यालेसमा आयोजित उम्मेदवारहरुको भेलाले बर्तमान गठबन्धन प्रती आपती जनाएको छ ।
बिरगंज महानगरमा केन्द्रिय निर्णय बमोजिम बनेको चार दलिय गठबन्धन मध्येका दुई दल जसपा र नेपाली कांग्रेस एक पक्षीय ढंगले अगाडि बढेको बताउदै बर्तमन गठबन्धन प्रती आपती जनाएको हो ।
मेयर र उपमेयरका प्रत्यासीहरुले गठबन्धनमा सम्मेलित प्रत्येक दलका प्रत्येक वडाका प्रत्यासीहरु संग समन्वय गर्नुको सटा आ-आफ्ना दलका प्रत्यासीहरु संग मात्रै समन्वय गरी रहेको हुनाले यो गठबन्धनको औचित्य नरहेको उम्मेदवारहरुको ठम्याइ रहेको थियो ।
विभिन्न वडाका प्रत्यासिहरुले गठबन्धनका प्रमुख दलहरुले हाम्रो जनमतको अवहेलना गरि रहेकोले गठबन्धन दलका उम्मेदवारहरुलाइ मत हाल्न आफुहरु बाध्य नरहेको समेत बताएका थिए ।
भेलामा केही उम्मेदवारहरुले मन्तव्य राख्दै २०७४ सालको बिरगंज महानगरपालिकाको मत परिणाम अनुसार पहिलो र दोस्रो दल मिलिसकेको हुनाले अन्य कुनै दल वा थप जनमतको आवश्यकता नरहेको बुझाइ र घमण्ड जसपा र कांग्रेसमा पलाइ सकेको हुनाले आफ्नो जनमतको बैकल्पिक ब्यस्थापनमा लाग्न समेत नेताहरूलाई आग्रह गरेका थिए ।
बिरगंज महानगर कमिटीका अध्यक्ष मनोज चौधरीको अध्यक्षता आयोजित भेलाले गठबन्धनको नाममा अपमान सहेर गठबन्धनको पछ्लगुवा नबन्ने समेत निर्णय गरेको छ ।
भेलामा पार्टीको पोलिटब्युरो सदस्य एवं बिरगंज महानगर इन्चार्ज चिरञ्जीवी आचार्य , जिल्ला अध्यक्ष बालगोपाल थापा , बिरगंज महानगरका उपाध्यक्ष मन्जुर आलम , सचिव बृजलाल पासवान , युवा संघ पर्साका इन्चार्ज अनिल पटेल लगाएतको उपस्थिति रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

