Rashtriya Dainik

कम्युनिष्ट सरकारले गरेका कर्तुत सम्झने बेला आयो::नैन सिंह महर

राष्ट्रिय दैनिक /नवलपरासी ,१८ बैशाख
नेपाल बिद्यार्थी संघका पुर्व अध्यक्ष युवा नेता एवं नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य नैन सिंह महरले नेकपा एमालेले झन्डै दुई तिहाइ मत प्राप्त गर्दा समेत संसद बिघटन गरेको बताउदै जनमुखी काम गर्न नसकेको बताउनु भयो।कोरोना महामारीका बेला समेत एमाले नेतृत्वको सरकार भ्रस्टाचारमा लिप्त भएको र जनता सामु गरेका प्रतिबद्धता पूरा गर्न नसकेको जिकिर गर्नु भयो।नेपाली काङ्ग्रेस बर्दघाट नगरपालिका वडा नम्बर १४ मा आयोजित कोण सभालाई सम्बोधन गर्दै नेता महरले केपि ओलि प्रवृतीलाई ढाल्न गठबन्धनको आवशयक रहेको स्पष्ट पार्नु भयो ।

मार्क्सवादी सरकारले माक्स पनि दिन सकेन महरले भन्नू भयो जनताको हालत जहाँको त्यही छ झुटमाथि झुट बोलेर कम्युनिस्टहरुले जनता झुक्याए।यी सबै कुरा चिरेर अब नेपाली काङ्ग्रेस जनताको घरदैलोमा पुगेर गठबन्धनलाई जिताउनुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रमलाई मेयर पदका उमेदवार शम्भुलाल श्रेष्ठ,उपमेयर पदका उमेदवार रुद्र प्रकाश उपाध्याय,वडा अध्यक्ष पदका उमेदवार सन्तु गहा लगायतले सम्बोधन गर्दै एमालेले जनताको भन्दा कार्यकर्ताको मात्र सेवा गरेको बताएका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित