महेश यादव
बैशाख ३० गते स्थानिय निर्वाचनको लागी पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा राजनीतिक दलहरुले घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन ।
सरावल गाउँपालिकाका जनताहरुले लाेसपाका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जिताउ अभियान सँगै घरदैलो चुनाव प्रचार अभियान सुरूवात गरेका छन ।
सरावल गाउँपालिकामा लाेकतान्त्रीक समाजवादी पार्टीको तर्फबाट गाउँपालिका अध्यक्ष पदका उमेदवार ईन्द्रकमल यादव र उपाध्यक्ष पदका उमेदवार श्यामकुमारी चाैधरीले जनताको घरदैलोमा पुगि सधै गाउँपालिका बासि जनताकाे सुख दुख बुझ्नमा हाल ब्यस्त छन ।
घरदैलो कार्यक्रममा लाेसपामा भाेट हालि गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदमा विजय गराउन अनुरोध गरेका छन । भ्रष्टाचार र अनियमितता विरुद्ध सधै आवाज उठाउदै समाजलाई विकासको गतिमा लैजाने प्रयासमा रहेकाे बताएका छन।
साथै उहाँले जनतालाई असल,ईमानदार र विकास प्रेमि नेतालाई विजय गराउन आग्रह समेत गरेका छन । उहाँले आफू यस पालिकाकाे विकासका लागि सधै अग्रसर भई समाजसेवामा लागेकाे र अब थप जिम्मेवारीका साथ गाउँपालिकाकाे विकासका लागि आफ्नो उमेदवारी दिईएकाे बताएका हुन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

