Rashtriya Dainik

सरावलमा नेपाली काङ्ग्रेसको घरदैलो अभियानमा तिब्रता

राष्ट्रिय दैनिक / नवलपरासी , १८ बैशाख

बैशाख ३० गते स्थानिय निर्वाचनको लागी पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा राजनीतिक दलहरुले घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन ।

घरदैलौ अभियानमा दलहरुले चुनावी एजेण्डा सहित गाउँपालिका अध्यक्ष पदका तथा उपाध्यक्ष पदका लगायत वडाध्यक्ष र सदस्यहरुले चुनावी प्रचार प्रसार अगाडी बढाएका हुन।

निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा जनतामा उल्लास सहित सहयोग गर्ने स्थानियहरुमा उत्साह जागेको छ ।

सरावल गाउँपालिकामा अध्यक्ष पदकाे नेपाली कांग्रेसकाे उम्मेदवार अनिल कुमार गाैड र उपाध्यक्षमा उत्तमा राय अहिले घरदैलोमा निकै बेस्त छन ।

पालिकामै छुट्टै छाप र प्रभाव पार्न सफल गाैड र राय पहिलादेखि नै चर्चामा रहेका उमेद्धार हुन । सबैको चर्चामा र भरोसामा रहेका गाैड र राय घर घरमा पुगेर जनप्रतिनिधि भएर काम गर्ने अवसर प्रदान गर्न आग्रह गरेका छन ।

गाैड र रायले चुनाव चिन्ह रुखमा मतदान गरी आफु लगाएतकाे सबै टिमलाई विजयी बनाउन आग्रह गरेका छन।

पार्टि र जनताको विश्वासलाई आत्मसाथ गर्दै आफु लागेको बताउदै त्यो विश्वासलाई चुक्न नदिने र जितमा परीणत गर्ने गाैड र रायले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित