Rashtriya Dainik

बझाङमा दलित समुदायलाई नमुना मतदान सम्बन्धि शिक्षा दिईयाे

बझाङ आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै मतदाताहरुलाई मतपत्रमा कसरी मतदान गर्ने भन्ने बारे शिक्षा दिन थालिएको छ ।
युएन डिपिको सहयोग तथा रास्ट्रिय दलित नेटवर्क नेपालको आयोजनामा बझाङ जिल्लाको जयपृथिवी नगरपालिका र थलारा गाउँपालिका का वडाहरुमा दलित समुदायका ५०० सय जना मतदातालाई नमुना मतदान सम्वन्धि शिक्षा दिईएकाे भएको छ ।
युएन डिपिको सहयोग तथा राष्ट्रिय दलित नेटवर्क नेपालको आयोजनामा बझाङ जिल्लाका लागि निर्वाचन प्रकृया, मतदाता शिक्षा र नमुना मतदान बारे यस अघि नै धनगढीमा स्वमंसेवकलाई अभिमुखिकरण कार्यक्रम गरेर प्रशिक्षण गरिएको थियो ।
जिल्लाका यी दुई नगरपालिका भित्रका दलित समुदायका मतदातालाई घरमै पुगेर मतदाता शिक्षा दिईरहेको मतदाता शिक्षा अभियानका स्वंयम सेवक सुरेश नेपाली ले बताएका छन् ।
आमागी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दलित समुदायका मतदातालाई निर्वाचन प्रक्रिया, मतदाता शिक्षा, नमुना मतदाताका बारेमा जानकारी गराईएको स्वंम सेवक विकले बताएका छन् ।
उनका अनुसार मतपत्रमा कसरी स्वस्तिक छाप लगाउने र निर्वाचनमा बदर मतको संख्यामा कमि गर्न दलित समुदायका गाउँगाउँमा पुगेर बैशाख १७ गतेसम्म ४ सय जना मतदातालाई नमुना मतदान सम्वन्धि शिक्षा दिईएकाे छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित