बिरगंज १७ बैशाख पर्साको धोबिनी गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका सन्तोष पटेलले जनताले चाहे बैशाख ३० गते हुन गइरहेको निर्वाचनमा अवश्य नै जित हासिल गर्ने बताएका छन । बैशाख ३० गते हुन गइरहेको निर्वाचनमा नेकपा माओवादी तर्फबाट उम्मेदवारी दिएका पटेलले जनताले चाहे मात्र चुनाव जित्न सक्ने बताएका हुन ।
धोबिनी गाउपालिकामा बिगत ५ बर्षदेखि भइरहेको भ्रष्टाचारको अन्त्य गर्नुको साथै जनता सङ्ग भएको बिभेदको अन्त्य गर्न आफ्नो उम्मेदवारी दिएको सन्तोष पटेलले बताएका छन । बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा जनताले आफ्नो पछमा अवश्य नै मतदान गर्ने बिश्वास लिएको बताए । आफु कुनै ब्यपार लाइनमा नलागेको र निश्पछ भावनाले जनतालाइ सेवा गर्दै आएको र गरिरहने समेत बताउनु भयो ।
धोबिनी गाउपालिका इतिहास बदलेको गाउपालिका मध्ये एक रहेको पटेलले जिकिर गरे । धोबिनी गाउपालिकाका स्थानीयले आफ्नो पछमा रहेको दाबि गर्दै अगामि हुने निर्वाचनमा जनताको जित हुने बिश्वास लिएको बताउनु भयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

