नवलपरासी १८ वैशाख
पश्चिम नवलपरासीका प्रतापपुर गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका करम हुसेन अन्सारीले जनताहरूले चाहे वैशाख ३० गते हुन गइरहेको निर्वाचनमा अवश्य नै जित हासिल गर्ने बताएका छन ।
वैशाख ३० गते हुन गइरहेको निर्वाचनमा जनता प्रगतिशील पार्टी तर्फबाट उम्मेदवारी दिएका अन्सारीले जनताले चाहे मात्र चुनाव जित्न सक्ने बताएका हुन । प्रतापपुर गाउँपालिकामा बिगत ५ बर्षदेखि भइरहेको भ्रष्टाचारको अन्त्य गर्नुको साथै जनता सङ्ग भएको बिभेदको अन्त्य गर्न आफ्नो उम्मेदवारी दिएको अन्सारीले राष्ट्रिय दैनिक संग बताएका छन ।

बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा जनताले आफ्नो पछमा अवश्य नै मतदान गर्ने विश्वास लिएको बताए । आफु कुनै ब्यपार लाइनमा नलागेको र निश्पछ भावनाले जनतालाई सेवा गर्दै आएको र गरिरहने समेत बताए ।
नवलपरासीमा स्थानीय तह मध्य प्रतापपुर गाउँपालिका एक नमुना गाउँपालिका बनाउने अन्सारीले जिकिर गरे । प्रतापपुर गाउँपालिकाका स्थानीयले आफ्नो पछमा रहेको दाबी गर्दै आगामी हुने निर्वाचनमा जनताको जित हुने विश्वास लिएको बताउनु भयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

