पर्सा १८ बैशाख
धोबिनी गाउपालिकाको वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका लालबाबु बानियाले जनताले चाहे बैशाख ३० गते हुन गइरहेको निर्वाचनमा अवश्य नै जित हासिल गर्ने बताएका छन । बैशाख ३० गते हुन गइरहेको निर्वाचनमा नेकपा माओवादीको तर्फबाट उम्मेदवारी दिएका बानियाले जनताले चाहे मात्र चुनाव जित्न सक्ने बताएका हुन । धोबिनी गाउपालिकामा बिगत ५ बर्षदेखि भइरहेको भ्रष्टाचारको अन्त्य गर्नुको साथै जनता सङ्ग भएको बिभेदको अन्त्य गर्न आफ्नो उम्मेदवारी दिएको लालबाबु बानियाले बताएका छन बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा जनताले आफ्नो पछमा अवश्य नै मतदान गर्ने बिश्वास लिएको बताए । आफु कुनै ब्यपार लाइनमा नलागेको र निश्पछ भावनाले जनतालाइ सेवा गर्दै आएको र गरिरहने समेत बताउनु भयो ।
धोबिनी गाउपालिका-४ का इतिहास बदलेको गाउपालिका मध्ये एक रहेको बानिया जिकिर गरे । धोबिनी गाउपालिकाका स्थानीयले आफ्नो पछमा रहेको दाबि गर्दै अगामि हुने निर्वाचनमा जनताको जित हुने बिश्वास लिएको बताउनु भयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

