Rashtriya Dainik

सखुवानन्कारकट्टी ४ मा जसपाको संगठन बलियो बन्दै

महेश सिंह सिरहा लहान १८ बैशाख -सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वाडा नम्बर ४ मा जसपा नेपालबाट वाडा अध्यक्षको लागी युवा नेता रमेश कुमार यादवले मनोनयन दर्ता गराएका छन्।बैशाख ३० गते हुन् लागेको स्थानीय तहको चुनावमा भागलिन मनोनयन दर्ता गराएका हुन्। नेता यादवलाई पार्टीले वाडा कमिटीबाट सिङ्गल नाउँ सिफारिस गरेका थिए।

उनले पछिल्लो निर्वाचनमा पनि जसपाबाट टिकट पाए र निर्वाचित भएका थिए।यादव कलिलो उमेरमा वाडा अध्यक्षको जिम्मेवारी निर्वाह गर्न सफल भए पछि पुनः यादवलाई आउने निर्वाचनमा पार्टीले उमेदवार बनाएका हुन्। उनले गरेको बिकास निर्माणको कामको प्रसंसा पालिका भरी नै चर्चामा रहेका छन।

पछिल्लो निर्वाचनको कार्यकाल समाप्त हुन् गरेको हो। पुनः निर्वाचन आयोगले बैशाख ३० गते स्थानीय निर्वाचन गराउने समय तोकिएको छ्। युवाले गरेको बिकास निर्माणको काम काजको मुल्यांकन गर्दै जनताले पुनः चुनावमा भागलिन लाई युवा नेता यादवलाई प्रोत्साहन गरीएका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित