Rashtriya Dainik

स्वतन्त्र उम्मेदवार छाेटेलाल यादव प्यानलकाे चुनाव चिन्ह धारा

राष्ट्रिय दैनिक / नवलपरासी , १८ बैशाख

स्वतन्त्रमध्ये पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ काे वडा अध्यक्ष पदकाे उम्मेदवार र उनका प्यानल चुनाव चिह्न धारा पाएका छन।

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि सरावल गाउँपालिका वडानम्बर ४ वडा अध्यक्षमा छाेटेलाल यादव , दलित सदस्य दुर्गावती लाेहार , खुल्ला सदस्य अलि हसन कुजडा र रामपृत नाउँले “ धारा ” चुनाव चिन्ह पाएका हुन ।

निर्वाचन चिन्ह प्राप्त गरेपछि वडा अध्यक्ष पदकाे उम्मेदवार यादवले अाफुहरु जितेको खण्डमा सबै घरमा २ बर्षभित्र स्वच्छ खानेपानी सहित घरघरमा धारा पुर्याउदै समृद्ध वडा ,खुशी वडा बनाउने याेजना रहेको बताएका छन।

यादव २०७४ सालकाे चुनावमा निर्वाचित वडा अध्यक्ष हुन । यादव गाउँसमाजमा राम्रो छवि भएका ब्यक्ति हुन । अहिले सम्म कुनैपनि बिबादमा नतानिएका यादवले जहिलेपनि समाज सेवामा लागि पर्ने ब्यक्ति हुन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित