राष्ट्रिय दैनिक / नवलपरासी , १८ बैशाख
स्थानीय तह निर्वाचनको माहोल तात्दै गइरहेको छ । यसपटकको चुनावमा स्वतन्त्र र बागी उम्मेदवारले सर्वाधिक चर्चा पाइरहेका छन् ।
स्वतन्त्रमध्ये सर्वाधिक चर्चित पश्चिम नवलपरासीको सरावल गाउँपालिका अध्यक्ष पदको स्वतन्त्र उम्मेदवार राधेश्याम चाैधरी र उपाध्यक्षमा प्रदिप कुमार अग्रहरी चुनाव चिह्न धारा पाएका छन।

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि सरावल गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएका चाैधरी र अग्रहरीले “ धारा ” चुनाव चिन्ह पाएका हुन ।
निर्वाचन चिन्ह प्राप्त गरेपछि चाैधरी र अग्रहरीले अाफुहरु जितेको खण्डमा सरावल गाउँपालिकाकाे सबै घरमा २ बर्षभित्र स्वच्छ खानेपानी सहित घरघरमा धारा पुर्याउदै समृद्ध सरावल ,खुशी सरावल बनाउने याेजना रहेको बताएका छन।
चाैधरी र अग्रहरी गाउँसमाजमा राम्रो छवि भएका ब्यक्ति हुन । अहिले सम्म कुनैपनि बिबादमा नतानिएका चाैधरी र अग्रहरीले जहिलेपनि समाज सेवामा लागि पर्ने ब्यक्ति हुन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

