Rashtriya Dainik

समृद्ध सुनवल सुखि सुनवलवासि गराउने गठवन्धनको प्रतिवद्धता ।

बैशाख १८ । स्थानिय तहको चुनाव नजिकीदै गर्दा चुनावी सरगर्मि पनि वढेको छ । उम्मेदवारी फिर्ता सगै चुनाब चिन्ह निर्वाचन अयोगले प्रदान गरेपछि चुनावी माहोल तातेको हो । पश्चिम नवलपरासीका स्थानिय तह मध्ये ३ नगरपालिका र ४ स्थानिय तहहरु रहेका छन् । सवै स्थानिय तहमा कतै चुनावी तालमेल रहेको छ भने कतै एक्ला एक्लै पनि चुनावी मैदानमा उत्रेका छन् । यसै सन्दर्भमा सुनवल नगरपालिकामा नेपाली कांग्रेस र माओवादीको गठवन्धन वनेको छ । गठवन्धनले आफ्नो जित शुनिश्चत भएको जनाएको छ । गठवन्धनले संयुक्त प्रेस वक्तब्य जारी गर्दै गठवन्धनका तर्फबाट नगर प्रमुखका उम्मेदवार अर्जुन कुमार पोखरेलले समृद्ध सुनवल सुखी सुनवलवासी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै सुनवलका अधुरा योजनाहरु पुरा गर्ने वताउदै शिक्षा , स्वास्थ्य लगाएत भौतिक पुर्वधारमा जोड दिने बताउनुभयो । त्यस्तै सामुदायिक विद्यालयहरुलाई विश्वका शैक्षिक संस्था संग प्रतिष्सपर्दा गराउने लक्ष्य रहेको उम्मेदवार पोखरेलको भनाई छ ।
त्यस्तै गठवन्धनका उपमेयर पदका उम्मेदवार लेखनाथ खरेलले पाँच वर्षमा समृद्धिको ढोको खेल्ने बताउदै बेरोजगारी हटाउनका लागी विशेष योजना वनाउने बताउनुभयो । जनताका अत्यावश्यक सेवाहरुलाई घरघरमै पुरियाउने लक्ष्य सहित गठवन्ध अगाडि वढेको बताउनुभयो ।
गठवन्धमा नेपाली कांग्रेस बाट मेयर सहित वडा नम्वर १,२,३,६,८ र १० मा समर्थन रहेको छ भने वडा नम्वर ५,७,९,११,१२ र १३ मा मित्रवत प्रतिस्पर्धा गर्ने जनाएकोम छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित