बझाङ बैशाख । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि जयपृथिवी नगरपालिका वडा न २ मा वडा अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएका दिपक खड्काले “लौरो” चुनाव चिन्ह पाएका छन्।
आयोगले उम्मेद्धवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको हो । जसअनुसार खड्काले लौरो चुनाव चिन्ह पाएका हुन् । खड्का ले सदमुकाम चैनपुरअदालत स्स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर चिन्न प्राप्त गरेका छन् ।
खड्का स्वतन्त्रबाट उम्मेद्धवारी दिएर चर्चामा छन् । उनले जयपृथिवी नगरपालिका वडा न २ मा लगभग ६०० मत रहेकाे र त्यस मद्ध्य ३५० भन्दा बढि मत ल्याएर आफू जित हाँसिल गर्नेसमेत दाबी गर्दै आएका छन् । खड्का गाउँसमाजमा राम्रो छवि भएका ब्यक्ति हुन । अहिले सम्म कुनैपनि बिबाद मा नतानिएका खड्का जहिलेपनि समाज सेवामा खटेर लागि पर्ने ब्यक्ति हुन। खड्का बिगत २० बर्ष नेपाली कांग्रेसका सकृय नेता हुन । पार्टीले पार्टी मा योगदान गर्यका भन्दा दुईचार महिला पार्टीमा सकृय भई पैसा काे चलखेल गर्ने लाई टिकट दिएकाे र अाफु लाई पार्टीले मुल्यक न गरेको भन्दै आफूले स्वतन्त्र उम्मेदवारी दिएकाे समेत बताउनु भएकाे छ। खड्काले भन्नू भयो समाज सेवा गर्नका लागि कुनै पार्टीको झणडा नै बोक्नु पर्दैन , यदि साच्चिकै समाज सेवा नै गर्ने हो भने कुनै दल नराेजि स्वतन्त्र भएर जनताकाे माझमा गहि स्वतन्त्र भएर जनताकाे सेवा गर्न पाईन्छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

