Rashtriya Dainik

नेपाली काङ्ग्रेस बर्दघाटले बागी उमेदवारलाई साधारण सदस्य नरहनेगरी निष्कासन गर्याे

पार्टीको निर्देशन बिपरित गठन्धनको बिरुद्धमा उमेदवारी दिएको भन्दै नेपाली काङ्ग्रेस बर्दघाट नगर कार्यसमितिले बागी उमेदवार तिनका प्रस्थापक र सर्थकलाई कारबाही गरेको छ। पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गरी कारबाही गरिएको नगर सभापति दामोदर जिसिद्वारा हस्ताक्षरीत पत्रमा उल्लेख गरिएको छ।

कारबाहीमा पर्नेहरुमा बर्दघाट नगरपालिका वडा नम्बर १० का अध्यक्ष पदका स्वतन्त्र उमेदवार कमल प्रसाद लामिछाने,वडा नम्बर ३ का वडा अध्यक्ष पदका स्वतन्त्र उमेदवार प्रकाशचन्द्र अधिकारी र वडा ३ बाटै वडा सदस्य पदमा उमेदवारी दिएका हर्ष नारायण कुमाल र सुनिल चौधरी रहेका छन ।

काङ्ग्रेसको बिधान २०१७(संसोधित )को धारा ४(१३) ग बमोजिम पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको पत्रमा उल्लेख गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित