रंजित चौरसिया,बीरगंज १७ बैशाख। नेपाल सरकारले घोषणा गरेको बैशाख ३० स्थानिय निर्वाचनको लागी बिन्दबासिनी गाउँपालिका वडा नं.३ वडाध्यक्ष पदका प्रत्याशी जयप्रकाश चौरसियाले प्रत्याशी वडा सदस्यहरू सहित घर दैलो कार्यक्रमलाई तिब्रता दिएका छन् ।
जयप्रकाश चौरसियाले नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका वडाध्यक्ष तथा सदस्यहरुले चुनावी प्रचार प्रसार अगाडी बढाएका हुन।
घरदैलो कार्यक्रममा वडा नं. ३ का झौवा, सानो झौवा, ईटियाही, सानो ईटियाही लगायतका गाँउमा घर दैलो अभियान लाई तिब्रता दिएको जानकारी गराईएको छ l
निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा जनता हर्सोल्लासका साथ नेपाली कांग्रेस लाई साथ र सहयोग गर्ने स्थानियहरुमा उत्साह जागेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

