महेश सिंह सिरहा लहान १६ बैशाख – बैशाख ३० गते हुन् लागेको स्थानीय निर्वाचनको शरगर्मी निकै बडेको छ। सिरहाको लहान नगरपालिकामा हुने निर्वाचन बाट गठ बन्धनकै सरकार बनाउने लहान बासिको अपेक्षा रहेको छन्।
लहानका जनताले बिकास गर्न सकने र लहानलाई एउटा् नमुना सहरको रूपमा परिवर्तन गर्न सक्ने समाजिक चिन्तन बोकेका बौद्धिक बिकास समाजसीवी नेताहरुको खाचो रहेको छ्।
गठबन्धन अन्तर्गत वरिष्ठ समाजसेवी तथा नेपाली काङ्ग्रेस नेता महेश प्रसाद चौधरी लहान मेयर पदका उमेदवार र जसपा निकट उप – मेयरमा राम चलितर महतो र माओवादी केन्द्रबाट लहान २० र २१ वाडाका लागी गणेश चौधरी र हेमन्त कुमार यादव रहेका छन्।वरिष्ठ समाजसेवी महेश प्रसाद चौधरीले लहान मेयरमा उमेदवारी दिए पछी जनतामा उत्साह र उमंग छाएका छन्।नेता चौधरीले गरेका समाजसेवाले लोकप्रिय हुँदै जनता चौधरी प्रति प्रभावित भएका छन्।
चौधरी र महतो लाई मत्दान गर्न जनता उतसाहीत भएका हुन्।नेता महतो मधेस आन्दोलनमा मधेसी शोषित पीडितका लागि सदेब तत्पर रही समग्र लहान बिकासका लागी आवाज उठाउदै आएका उनी हाल बैशाख ३० गते हुन् लागेको स्थानीय हतको निर्वाचनमा गठबन्धन बाट लहान उप- मेयर पदका उमेदवार समेत रहनु भएको हो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

