१६ बैशाख, कपिलवस्तु
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको कृष्णनगर हेल्थ पोष्टको सभाहलमा युनिसेफ नेपालको सहयोग तथा कृष्णनगर नगरपालिकाको आयोजनामा बालविवाह र लैंगिक हिंसा निवारणका लागी प्रहरीको समुदायमा पहुच बृद्धिका उपायहरू सम्बंधि क्षमता अभिवृद्धि एक दिने कार्यक्रम सम्पन्न भएको
कार्रक्रममा प्रहरीहरू लाई बाल अधिकार, बाल अधिकारका चार समुह, बाल अधिकार सम्बंधि महासन्धिका सिद्धांत हरू, बाल बालिकाको सर्वोत्तम हित, दिर्घ जीवन र विकास, बाल बालिकाको विचार र भावनाको कदर, समानताको हक, शोषण बिरूद्धको हक, स्थानीय सरकार संचालन ऐनमा बालअधिकार, लैंगिक हिंसाको परिचय, कारण, निराकरणका उपाय लगायत सहभागी हरूले राखेका जिज्ञासा हरूलाई सिद्धार्थ सामाजिक विकास केन्दरका आर. टी. खान तथा युनिसेफ नेपालका प्रतिनिधि माधव बरालले सहजीकरण गरेका थिए l
कार्यक्रममा बीस जना प्रहरीहरूको सहभागिता रहेको थियो l कार्यक्रम संचालन तथा अन्य व्यवस्थापनको भूमिका कृष्णनगर नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा देवी उपाध्याय रहेकी थिइन् l
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

