Rashtriya Dainik

प्रतापपुर ९ मा वडाध्यक्ष पदको उमेदवार कोईरी लोकप्रिय बन्दै

नवलपरासी १६ वैशाख

स्थानीय तहको चुनाव नजिकिदै जादा नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका वडा न.९ मा बजरंगी कोईरीले जनताको लोकप्रिय बन्दै गएका छन् ।

बिगत केही वर्ष देखि त्याहाका जनताको सेवामा समर्पित हुदै आएका कोईरीले यसपाली भ्रष्टाचार गर्ने गिरोहहरुलाई चुनौती दिदै नेपाली कांग्रेसबाट वडाध्यक्षको उमेदवारी दिन लागेको बताए ।

राजनीति पेशामा आबद्ध भइ वडा नं.९ का जनताको निम्ति आफ्नो अहम भुमिका निर्वाह गर्दै आएको कोईरी नै यसपालिको वडाध्यक्ष हुने स्थानीहरूले ठोकुवा समेत गर्न थालेका हुन ।
निर्वाचित अध्यक्षले जनताको निमित हाल सम्म खासै केही गर्न नसकेको गुनासो स्थानीय युवाहरुले गरेका छन ।
यसपालिको निर्वाचनमा आफुहरु वडामा भैरहेको भ्रष्टाचारको बिरोधमा सधै लागिरहने त्याहाको जनताको भलो सोची रहने,युवाहरूको ढुकढुकी मिहिनेती, ईमानदार, निष्ठावान र विकाश प्रेमी नेताको रुपमा आफुलाई चिनाउन सफल युवा नेता कोईरीलई नै रोज्ने जानकारी वडा न.९ का युवाहरूले गराएका हुन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित