राष्ट्रिय दैनिक / नवलपरासी ,१६ बैशाख
निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरू निर्वाचन केन्द्रित कार्यक्रममा सम्पुर्ण शक्ति प्रयोग गरेर लागि परेका छन ।
त्यस्तै पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं २ का वडा अध्यक्ष पदका उम्मेदवार जितेन्द्र गुप्ताले पनि यतिबेला घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन ।

पालिकामै छुट्टै छाप र प्रभाव पार्न सफल गुप्ता पहिलादेखि नै चर्चामा रहेका उम्मेदवार हुन । सबैको चर्चामा र भरोसामा रहेका गुप्ताले घर घरमा पुगेर वडा अध्यक्ष भएर काम गर्ने अवसर प्रदान गर्न आग्रह गरेका छन ।

वडा वासिले पनि गुप्तालाई साथ रहेको बताउदै आएका छन । गुप्ताले चुनाव चिन्ह रुखमा मतदान गरी आफु लगाएतकाे सबै टिमलाई विजयी बनाउन आग्रह गर्दै गर्दा अधिकाम्स नागरीकहरु गुप्ताकै पक्षमा छन । पाल्हिनन्दन २ काे वडा अध्यक्षमा जितेन्द्र गुप्ताको जित निश्चित रहेको वडा वासिको भनाई छ ।

पाल्हिनन्दनमा प्रभावसालि नेता मानिएका गुप्ताले नेपाली काङ्ग्रेसबाट वडा अध्यक्षमा उमेद्धारी दिएका हुन । लामो समयदेखि सक्रिय राजनितिमा लागेका गुप्ताले वडामा उमेद्धारी दिएका हुन । पार्टि र जनताको विश्वासलाई आत्मसाथ गर्दै आफु लागेको बताउदै त्यो विश्वासलाई चुक्न नदिने र जितमा परीणत गर्ने गुप्ताले बताउनुभयो । जनताको सेवा र वडाको समग्र विकासको लागि आफुले वडा अध्यक्षमा उम्मेदवारी दिएको गुप्ताको भनाई छ ।


राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

