काँग्रेसद्वारा शाेक सभा सम्पन्न

उमेश बि.क / नवलपरासी ,१४ मंसिर

नेपाली काँग्रेस सरावल गाउँपालिका कार्यसमितिकाे अायाेजनामा शनिबार शाेक सभा सम्पन्न भएको छ ।

नेपाली काँग्रेसका सक्रिय सदस्य तथा वडा नं. १ का वडा अध्यक्ष भेष नरायण चाैधरी ,महातम चाैधरी,मनाेज चाैधरी एवम् पशुपति चाैधरीकाे बुबा सुर्य नरायण चाैधरीकाे मंसिर ४ गते ६८ वर्षकाे उमेरमा भएकाे असमाहिक निधनले नेपाली काँग्रेस स्तब्ध भएकाे छ ।

शाेक मन्तव्य राख्दै नेपाली काङ्ग्रेस पश्चिम नवलपरासीका सभापति बिष्णु पाैडेलले मृत्यु सृष्टिको एउटा प्रक्रिया रहेको बताउनु भएको छ । स्व. सुर्य नरायण चाैधरीले जनप्रतिनिधि भइ समाज परिवर्तन गर्नमा ठुलाे याेगदान दिइएका थिए। वडा नं. १ का वडा अध्यक्ष भेष नरायण चाैधरीकाे बुवा सुर्य नरायण चाैधरीकाे ९ अाैँ दिनको पुण्यतिथिमा अायाेजित शाेक सभा कार्यक्रममा बाेल्दै सभापति पाैडेलले सबैभन्दा अप्रिय केही छ भने त्यो मृत्यु हो । सबैभन्दा ठूलो शाश्वत सत्य पनि मैले हेर्दा मृत्यु नै लाग्छ ।चाैधरी परिवारबाट अाफु र नेपाली काङ्ग्रेस नजदिक रहेकाे बताउदै हरेक सुखदुःखमा नेपाली काङ्ग्रेस साथ दिने प्रतिबद्धता ब्यक्त गर्नुभएको हाे । साथै दिवंगत अात्माकाे चिर शान्तिकाे कामना गर्दै शाेक सन्तप्त परिवार प्रति धैर्य धारण गर्ने शक्ति प्रदान हाेस भनी हार्दिक सम्बेदना ब्यक्त भएको हाे ।

त्यस्तै सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले वडा नं. १ का वडा अध्यक्ष भेष नरायण चाैधरी बुबाकाे निधनले सरावल गाउँपालिका नै मर्माहत एबं दु:खी तुल्याएको छ। उहाँ र उहाँको परिवारले गरेको पार्टी र समाजप्रतिको योगदानलाई कदर गर्दै योगदानको प्रसंसा गर्नुभएको हाे । जनप्रतिनिधि भएर समाजमा गरेको याेगदान हामी माझ स्मरण रहेकाे बताउदै वहाँकाे कमिको महसुस भएको बताउनुभयो ।

स्व. सुर्य नरायण चाैधरी २०४९ सालमा साबिक तिलकपुर वडा न ५ तिलकपुरका वडा अध्यक्ष तथा २०५४ सालमा तिलकपुर गाबिस अध्यक्ष समेत रहेका थिए।

सरावल गाउँपालिका वडा नं. १ निवासी स्वर्गीय स्व. सुर्य नरायण चाैधरी काे ६८ बर्षकाे उमेरमा भएको असमाहिक निधनप्रति वहाँकाे संझनामा एक मिनेट मौन धारण गर्दै सुरु गरिएको कार्यक्रममा उपस्थित सबैले वहाँको तस्विरमा फुलका गुच्छा, माला पहिराई श्रद्धान्जिली अर्पण गरेका थिए ।

शाेक सभामा नेपाली काङ्ग्रेस जिल्ला सचिव गजानन्द पटेल,सहसचिव हरि यादव,वडा नं.१ सहसभापति गाेकुलमणि भण्डारी,सरावल गाउँपालिका उपाध्यक्ष उत्तमा राय,क्षेत्रीय सहसचिव यम प्रसाद भुषाल,अन्तरपार्टि महिला सन्जालकि अध्यक्ष मिना चाैधरी लगाएतकाे वक्ताहरुले सच्चा ईमान्दार, समाजसेवी ब्यक्तित्व गुमाउन परेकोमा दुःख व्यक्त गरेका थिए । वहाँले समाजमा गरेको योगदानको सबैले खुलेर प्रशंसा गरेका थिए।

नेपाली काङ्ग्रेस सरावल गाउँपालिका सभापति बिनाेद पाण्डेयको अध्यक्षता तथा सभापति विष्णु पाैडेलकाे प्रमुख अातिथ्यतामा भएको शाेक सभाकाे सन्चालन उमेश कुमार बि.क ले गर्नुभएको थियाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot