Rashtriya Dainik

स्थानीय चुनावम एक लाख ५३ हजार दुई उम्मेद्वार दिदै

धर्मेन्द्र कुमार कुर्मी / विजयनगर

१५ बैशाख– आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका उम्मेद्वारी दर्ता गराउनेको संख्या एक लाख ५३ हजार दुई पुगेको छ ।

निर्वाचन आयोगले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका सहप्रवक्ता सूर्य प्रसाद अर्याल एक लाख ५३ हजार दुई पुगेको जानकारी दिए । उनका अनुसार मेयरमा तीन हजार ५१० र अध्यक्षमा तीन हजार ३७७ पुगेको छ ।

यसैगरी, उपमेयमा दुई हजार १६८ जना, उपाध्यक्षमा दुई हजार ४०१, वडा अध्यक्षमा ३५ हजार ३५३, महिला सदस्यमा २६ हजार ५३२, दलित महिला सदस्यमा ३३ हजार ९३१ र सदस्यमा ५५ हजार ७२० जनाले मनोनयन दर्ता गराएको उनले जानकारी दिए । यो संख्या आयोगमा दिउँसो ३ः३० बजेसम्म प्रविष्ट गरिएको आधारमा भएको उनको भनाइ छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित