Rashtriya Dainik

युवामैत्री कांग्रेसले २४ बर्षिया युवतीलाई दियो टिकट, कम्युनिस्टहरुको निद हराम

राष्ट्रिय दैनिक / नवलपरासी , १५ बैशाख

नेपाली कांग्रेसले पश्चिम नवलपरासीले २४ वर्षीया युवतीलाई गाउँपालिकाको उपाध्यक्षको टिक दिएको छ।

नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाको उपाध्यक्षका लागि २४ वर्षीया फातिमा खातुन अन्सारी (सकिना) चुनावी मैदानमा होमिएकी हुन् ।

२४ वर्षको उमेरमै गाउँपालिकाको उपाध्यक्षमा मनोनयन दर्तापछि अन्सारीले पाको पार्टीबाट युवा उम्मेदवार बन्न पाएकोमा खुसी व्यक्त गरिन् ।

राजनीतिलाई समाज सेवाको माध्यम मान्ने अन्सारीले आफू निर्वाचित भए संवैधानिक दायित्वसँगै महिला सशक्तीकरणका लागि विशेष क्रियाशील रहने बताएकी छन्।

साे गाउँपालिका अध्यक्षमा नेपाली काङ्ग्रेस तर्फबाट राजेन्द्र सहानी र उपाध्यक्षमा फातिमा खातुन अन्सारी(सकिना) चुनावी प्रचारलाई तिव्रता दिएका छन् ।

सहानी र अन्सारी निर्वाचन केन्द्रित भएर घरदैलो कार्यक्रम नै सञ्चालन सुरु गरेका छन् ।

घरदैलो गर्दा जनतामा उल्लास जागेको छ । साथै त्यहाँ स्थानीय जनताले काङ्ग्रेसको जित सुनिश्चित रहेको भनी सहानी र अन्सारीलाई अाशिर्वाद समेत दि रहेका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित