Rashtriya Dainik

गुनासो सुनवाई संयन्त्रको प्रभावकारिता पुनरावलोकन गर्न कृष्णनगरका शिक्षकसंग अन्तरक्रिया

कृष्णनगर, बैशाख १५

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ कृष्णनगर हेल्थ पोष्टको हलमा कृष्णनगर नगरपालिकाको
आयोजना, युनिसेफ नेपाल फिल्ड कार्यालय भैरहवाको सहयोगमा विद्यालय हरूमा गुनासो सुनवाई संयन्त्रको प्रभावकारिता पुनरावलोकन गर्न कृष्णनगर नगरपालिका भित्रका शिक्षकहरु संग एक दिने छलफल कार्यक्रम सम्पन्न भएको छl

कार्यक्रमको अध्यक्षता कृष्णनगर नगरपालिका शिक्षा शाखा प्रमुख शिक्षा अधिकृत बलराम पन्थी, अतिथिमा युनिसेफ नेपालका प्रतिनिधि माधव बराल रहनुभयो l

कार्यक्रममा बाल संरक्षण, बाल संरक्षण प्रवर्द्धन, बाल सहभागिता लगायतको बिषयमा युनिसेफ नेपालका माधव बरालले प्रकाश पारे साथै गुनासो सुनुवाइ के हो? गुनासो सुनुवाइको प्रक्रिया, सिफारिश तथा गोप्यनियता, गुनासो सुनुवाइको अभिलेख कसरी राख्ने, गुनासो सुनुवाइ सम्बनधमा स्थानीय तहको भूमिका लगायत कार्यक्रममा सहभागी हरूबाट उठेका जिज्ञासा हरूलाई बलराम पन्थीले सहजीकरण गर्नु भएको थियो l

कार्यक्रममा २५ जनाको सहभागिता रहेको थियो l
कार्यक्रम संचालन तथा अन्य व्यवस्थापनको भूमिका कृष्णनगर नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले गर्नुभयो l

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित