Rashtriya Dainik

नेपाली काङ्ग्रेसलाई ठुलो झटका : जिल्ला सदस्य सहित ६ जनाले दिए पार्टीबाट राजिनामा

राष्ट्रिय दैनिक / नवलपरासी , १५ बैशाख

पश्चिम नवलपरासीको सरावल गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदमा स्थानिय तहको चुनावका लागि नेपाली काँग्रेस पार्टिबाट चरम गुटबन्दी गरि टिकट वितरण भएको भन्दै कार्यकर्ताहरुले धमाधम राजिनामा दिईका छन् ।
सरावल गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदका अाकांक्षी मध्ये जिल्ला कार्यसमिति तथा टिकट वितरण संसदीय टिमले वडा र पालिकाकाे सिफारिस र निर्णय विपरीत तथा जनताको मनाेभावना नबुझी चरम गुटबन्दी गरि धाधलीपुर्ण तरिकाले टिकट वितरण गरेको आरोप लगाउँदै राजिनामा दिइएका हुन् ।

नेपाली काँग्रेस पार्टिमा बिगत लामो समय देखि घर परिवार समेतले सक्रिय राजिनिति गरिरहेको तर बर्तमान परिवेशमा व्याक्तिगत हावी र गुटबन्दी राजनैतिक भएको महसुस गर्दै चरम गुटबन्दी गरि टिकट वितरण गरेको भन्दै राजिनामा दिइएका हुन् ।

सामुहिक राजिनामा दिनेहरुमा नेपाली काङ्ग्रेस जिल्ला सदस्य एवं निर्वाचित पालिका अध्यक्ष समेत रहेका राधेश्याम चाैधरी ,क्षेत्रीय प्रतिनिधि प्रदिप कुमार अग्रहरी , निर्वाचित वडा नम्बर ४ वडा अध्यक्ष एव क्षेत्रीय प्रतिनिधि छाेटेलाल यादव, वडा नम्बर ४ सहसचिव अलि हसन कुचडा, रामप्रित नाउँ ,दुर्गावती लाेहार लगायतका कार्यकर्ताहरुले राजिनामा दिएका छन ।

उनिहरुले स्थानिय चुनावमा व्याक्ति विशेषको प्रभावमा एकल निर्णय गराई उम्मेदवार छनौट गरिएकोले सो निर्णय प्रती असन्तुष्टी जनाउँदै बैशाख १२ गतेदेखि नै नेपाली काँग्रेस पार्टिको साधारण सदस्यता समेत नरहने गरी पार्टिबाट राजिनामा दिइएका छन।

सरावलमा राम्रो जनमत भएका बौद्धिक तथा लोकप्रिय चाैधरी,अग्रहरी र यादवले राजीनामा दिए पछी जिल्ला तथा पालिकामा काङ्ग्रेस कमजोर हुने कार्यकर्ताहरु बताउँछन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित