Rashtriya Dainik

धोबिनी गाउँपालिकाको वडा न-४ को वडाअध्यक्ष पदको उमेदवार बानिया लोकप्रिय बन्दै

धोबिनी १५ पर्सा
स्थानीय तहको चुनाव नजिकिदै जादा धोबिनी गाउँपालिका वडा नं.४ लंगडिमा लालबाबु बानिया लोकप्रिय बन्दै गएका छन ।
बिगत केही बर्ष देखि त्याहाका जनताको सेवामा समर्पित हुदै आएका बानिया यसपाली भ्रष्टाचार गर्ने गिरोहहरुलाइ चुनौती दिदै उमेदवारी दिन लागेको बताए ।
राजनीति पेशामा आबद्ध भइ वडा नं.४ का जनताको निम्ति आफ्नो अहम भुमिका निर्वाह गर्दै आएको लालबाबु बानिया नै यसपालिको वडा अध्यक्ष हुने स्थानीले ठोकुवा समेत गर्न थालेका छन । निर्वाचित अध्यक्षले जनताको निमित हाल सम्म खासै केही गर्न नसकेको गुनासो युवाहरुले गरेका छन ।
यसपालिको निर्वाचनमा आफुहरु वडामा भैरहेको भ्रष्टाचारको बिरोधमा सधै लागिरहने त्याहाको जनताको भलो सोची रहने,युवाहरूको ढुकढुकी मिहिनेती,ईमानदार,निष्ठावान र बिकासप्रेमी नेताको रुपमा आफुलाइ चिनाउन सफल युवा नेता लालबाबु बानिया नै रोज्ने जानकारी वडा नं.४ का युवाहरूले गराएका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित