Rashtriya Dainik

नेपाली कांग्रेस बर्दघाट १३ का सभापती सहित २३ जनाले दिए सामुहिक राजिनामा

नेपाली कांग्रेस बर्दघाट १३ का सभापती सहित २३ जनाले एक बिज्ञप्ती जारी गर्दै सामुहिक राजिनामा दिएका छन ।

नवलपरासी जिल्ला बर्दघाट नगरपालिका वडा नं १३ बासी नेपाली काँग्रेसका क्रियाशिल सदस्य तथा वडा कार्यसमितिका साथिहरुले पार्टीलाई ठूलो आघात पुग्ने गरि नगर कार्यसमितिले गरेको निर्णय प्रती घोर आपत्ती जनाउदै राजिनामा दिएका हुन ।

स्थानिय तह निर्वाचन २०७९ को सन्दर्भमा नेपाली काँग्रेसले गरेको गठबन्धन गर्ने निर्णयलाई स्विकार गर्दै आईरहेको अवस्थामा पार्टी भित्र कै केही उछृङ्खल जमातले निर्णयको बिरोध गर्दै स्वतन्त्र उम्मेदवारी दिने धम्की समेत दिएको हाल नेतृत्व पंक्तीले पद पाए मात्र पार्टीको सदस्य रहने र पद नपाए पार्टी छोड्ने प्रबृत्तिका ब्यक्तीहरु पार्टी भित्र हावी हुँदै गएको र सोही ब्यक्तिलाई पार्टीले उम्मेदवार बनाउनुमा पनि आपत्ती रहेको साथै उम्मेद्वार सिफारिस गर्दा समेत एकलौटी सभापतिसंग छलफल नगरी सिफारिस गरेको र पार्टी भित्र विधि बिधान भन्दा ब्यक्ति हावि हुन गएको र सोही ब्यक्तीबाट पार्टी चल्ने र हामी जस्ता निष्ठावानको पार्टीमा कुनै भुमिका नदेखिएकोले आज कै मिति बाट सम्पुर्ण पदिय जिम्मेवारीबाट राजिनामा दिएको बिज्ञप्तीमा उल्लेख छ ।

वडा कार्यसम्पादन समिती समितिले बहुमतले गरेको निर्णयको पालना नगरी केही ब्यक्तिले हातपात गर्ने प्रयास गर्दै ज्यान मार्ने समेतको धम्की दिएको र उक्त कुरा शिर्ष नेतालाई जानकारी गराँउदा समेत बेवास्ता भएकोले पार्टीमा बसेर काम गर्ने बाताबरण नभएको र वडा अध्यक्षको नाम सिफारिस गर्दा गुटगत भेला बाट वडा सभापति छबिलाल तिवारीको नाम सिफारिस नगर्न अनुरोध गर्दा समेत इच्छा बिना सिफारिस गरिएको समेत घोर आपत्ती ब्यक्त गरिएको छ ।

राजिनामा दिनेमा बर्दाघाट १३ का वडा सभापति छबिलाल तिवारी ,उपसभापति ,सहसचिव ,क्षेत्रीय प्रतिनिधि ,टोल सभापति ,वडा सदस्य लगायत छन । चुनावको मुखमा दिएको राजिनामाले काग्रेंस बृत्तमा हलचल भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित