Rashtriya Dainik

लहान ५ मा अब्दुल करिमको नेतृत्वमा ६० जना एमाले प्रत्यागगरी काङ्ग्रेसमा प्रवेश

महेश सिंह सिरहा लहान १५ बैशाख – सर्बपरी नेता महेश चौधरीले लहान मेयरका लागी टिकट पाए लगत्तै काङ्ग्रेसमा पार्टी प्रवेश गर्ने लहर छाएको छ्। लहान नगरपालिका वाडा नम्बर ५ मा काङ्ग्रेस नेता अब्दुल करिमको नेतृत्वमा चुनावको मुखमा आएर ६० जना नेता कार्यकर्ता नेकपा एमाले प्रत्यागगरी काङ्ग्रेसमा प्रवेश गरेको छ्।

काङ्ग्रेसका नेता रामसुन्दर चौधरी ,सुनिल महतो ,नेतृ गुडिया खातुन भनिने साजदा खातुनको लगायतका नेताहरुले नव प्रवेशहरुलाई मला र अबिरको टिका लगाएर सम्मान गरेका थिए।जन जनबाट काङ्ग्रेस जिताउने अभियान सुरु भएको स्थानीयले बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित