Rashtriya Dainik

श्रीमान गुमाएकी पीडित महिलालाई सन नेपालको प्रबन्धक द्वारा मृत्यु दाबी भुक्तानी

महेश सिंह /सिरहा लहान १५ बैशाख – सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोद्वारा श्रीमान गुमाएकी पीडित महिलालाई मृत्यु दाबी भुक्तानी दिएका छन्।कटारी नगरपालिका वाडा नम्बर १० बरेबारी बस्ने भक्त बहादुर श्रेष्ठ र आमा तिर्थ कुमारी श्रेष्ठकी २८ वर्षिय जेठो छोरा बिष्णु बहादुर श्रेष्ठको वैदेशिक रोजगारमा साउदी अरेबिया स्थित आफ्नै काल गतीले मृत्यु भएको थियोे।

सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लहान सखाले मृतकको श्रीमती मन कुमारी श्रेष्ठलाई वैदेशिक रोजगार म्यादी जिवन बिमा अन्तर्गत १४ लाखको चेक हस्तान्तरण गरेका छन्।मृतलाई श्रीमती र २ बर्षकी एक छोरी छिन्।मृतक श्रीमती श्रेष्ठलाई इन्द्र नारायण श्रेष्ठ र भाई वीर नारायण श्रेष्ठ र पत्रकार महेश सिंहको रोहबरमा प्रबन्धक महतोले चेक हस्तान्तरण गरेका हुन्।प्रबन्ध महतो स्व्च्छ इमानदार, र बौद्धिक छ्बीका धार्मिक ब्यक्ती हुन्। उनको बिमा पोलिसी नम्बर FE १०००१८७९७० रहेका थिए।

श्रेष्ठलाई २०७८ मंसिर ९ गते साउदी अरेबियाको अलमावारीड रेकरुईटमेन्ट कम्पनीमा आफ्नै काल गतीले श्रेष्ठलाई मृत्यु भएको थियो। मृतक परिवारले ४ महिना पछी लास पाएका थिए। मृतक श्रेष्ठ समान्य ज्याला मदुरी गर्ने परिवारका छोरा थिए। छोराको मृत्यु पछी परिवारमा पुत्र शोकमा डुबेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित