Rashtriya Dainik

नवलपरासीको प्रतापपुर.६ मा कांग्रेस र जनता प्रगतिशिल पार्टी बीच कडा प्रतिस्पर्धा

नवलपरासी / १४ वैशाख

नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका वडा न.६ मा स्थानीय चुनावमा नेपाली कांग्रेस र जनता प्रगतिशील पार्टी बीच कडा प्रतिस्पर्धा हुने स्थानीयहरूको भनाई छ । नेपाली कांग्रेस निकट केशव अधिकारी र जनता प्रगतिशील निकट रामहरि उपध्याय बीच कडा प्रतिस्पर्धा हुने जनविश्वास रहेको छ ।

अधिकारी सोही वाडाका प्रत्यासी हुन् भने उपध्याय नेपाली कांग्रेसबाट पछिल्लो निर्वाचनमा कांग्रेसबाट निर्वाचित भई वडा अध्यक्षको जिम्मेवारी समेत सम्हालेका थिए । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन कांग्रेस निकट अधिकारी र जनता प्रगतिशिल पार्टीबाट उपध्यायले मनोनयन दर्ता गराएका हुन । दुबै जना बीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित