Rashtriya Dainik

जनमत पार्टीको लहानमा उमेदवारी बलियो हुँदै

महेश सिंह सिरहा लहान १४ बैशाख – डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रभाव लहानमा निकै देखिएका छन्। मधेस जनबिद्रोह बाट उकासिएका जनमत पार्टीले मधेसमा बैकल्पिक शक्तिको रूपमा अगाडि बढी रहेको डा. राउतले बताए।

जनमत पार्टी बाहेक कुनै पार्टीले किसान मजदुरको मुद्दा उठान गर्न सकिदैन उनले दाबी गरेका हुन्।राउतका अनुसार बैशाख ३० गते हुन लागेको निर्वाचनमा जनमत पार्टीले मधेस प्रदेशको सम्पुर्ण जिल्लाका स्थानीय तहहरुमा उमेदवारी दर्ता गराई सकेका छन्। जनता हाम्रो पार्टीले स्वीकार गरेका छन् ठाँउ ठाँउमा हाम्रो पार्टीलाई जनता बिजय गराउने उनले गर्भ गरेका थिए।

सिरहाको विभिन्न ठाउमा जनमत पार्टीका लहान मेयरका उमेदवार बालेश्वर यादवले बताए।लहान नगरपालिका का २४ वाडा मध्ये १५ वाटा वाडामा उमेदवारी दिएका छन्। जनमत पार्टीले गठन पश्चात् निर्वाचनमा पहिलो चोटी भाग लिन जादै छ्। प्रतिफल जनताको हातमा रहेको उनले बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित