Rashtriya Dainik

लहान ७ मा काङ्ग्रेस र जसपाको कडा प्रतिस्पर्धा हुने

महेश सिंह सिरहा लहान १४ बैशाख – लहान ७ मा स्थानीय चुनावमा काङ्ग्रेस र जसापा बीच कडा प्रतिस्पर्धा हुने स्थानीयको भनाई छ्। नेपाली काङ्ग्रेस निकट राम औंतार शर्मा र जसपा नेपाल निकट राकेश रोशन गुप्ता बीच कडा प्रतिस्पर्धा हुने जनबिश्वास छ्।

शर्मा सोही वाडाका प्रत्यासी हुन् भने राकेश रोशन गुप्ता जसपा पार्टीबाट पछिल्लो निर्वाचनमा जसपा नेपालबाट निर्वाचित भई वाडा अध्यक्षको जिम्मेवारी समेत सम्हालेका थिए। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन काङ्ग्रेस निकट राम औतार शर्मा र जसपा निकट राकेश रोशन गुप्ताले मनोनयन दर्ता गराएका छन्। दुबै जना बीच कडा प्रतिस्पर्धा हुने अनुमान छ्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित