Rashtriya Dainik

पाल्हिनन्दनमा सहानी र अन्सारी थाले घरदैलो कार्यक्रम

राष्ट्रिय दैनिक / नवलपरासी , १४ बैशाख

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका अध्यक्षमा नेपाली काङ्ग्रेस तर्फबाट राजेन्द्र सहानी र उपाध्यक्षमा फातिमा खातुन अन्सारी(सकिना) चुनावी प्रचारलाई तिव्रता दिएका छन् ।

सहानी र अन्सारी निर्वाचन केन्द्रित भएर घरदैलो कार्यक्रम नै सञ्चालन सुरु गरेका छन् ।

घरदैलो गर्दा जनतामा उल्लास जागेको छ । साथै त्यहाँ स्थानीय जनताले काङ्ग्रेसको जित सुनिश्चित रहेको भनी सहानी र अन्सारीलाई अाशिर्वाद समेत दि रहेका छन।

चुनावी अभियान आरम्भ गर्दै सहानी र अन्सारीले आफूले यूवा देखि सम्पूर्ण उमेर समूहका नागरिकका समस्यालाई पालिकाबाट व्यवस्थित तरिकाले सम्बोधन गर्दै नमुना पालिकाकाे रुपमा विकास गर्न आफू तयार रहेको बताएका छन ।

२०७४ को चुनावमा पराजित भएको कांग्रेसलाई जिताउने गरी आफू लागेको सहानीले बताए ।

उनले भने, ‘हिजो हारेको पालिका हो यो । अब हामी ब्याज सहित सबैभन्दा बढी मतान्तरले जित्छौं ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित