उत्तमकुमार थापा बझाङ
बझाङमा मंगलबार गठबन्धनका तीन दलको बैठक बसेको छ । बैठकबाट नेता-कार्यकर्ताका लागि कडा निर्देशन जारी गरिएको छ । वैशाख ३० गतेको स्थानीय तहको निर्वाचन लक्षित नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीका नेताहरुको बैठक बसेको थियो ।
जारी विज्ञप्तिमा गठबन्धनको केन्द्रिय निर्देशन र निर्णय विपरित साँझा उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिने नेता-कार्यकर्तालाई उम्मेदवारी फिर्तालिन निर्देशन दिइएको छ । फिर्ता लिने समयभित्रै उम्मेदवारी फिर्ता नलिए उम्मेदवार र समर्थकलाई कारबाही गर्ने चेतावनी दिइएको छ । साथै गठबन्धनका उम्मेदवार विरुद्ध प्रचारप्रसारमा असहयोग गर्नेलाई समेत कारबाही गरिने चेतावनी दिइएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

