राष्ट्रिय दैनिक / नवलपरासी , १३ बैशाख
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा पालिका अध्यक्षमा राधेश्याम चाैधरी र उपाध्यक्षमा प्रदिप अग्रहरीकाे चर्चा निकै चलिरहेको छ।
निर्वाचित सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरी अध्यक्षमा तथा प्रदिप कुमार अग्रहरी उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्।
दुई जनाको उम्मेदवारी दर्ता संगै जनतामा उल्लास जागेको छ। अध्यक्षमा चाैधरी र उपाध्यक्षमा अग्रहरीकाे उम्मेदवारी भएपछि चाेक चाैरहामा दुई जनाको खुब चर्चा चलिरहेको छ।
निर्वाचित सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरी सामाजिक र राजनीतिक रुपमा निरन्तर सक्रिय रहेकाे र अाफ्नाे कार्यकालमा शिक्षा , स्वास्थ्य , खानेपानी , बाटोघाटाे , खेलकुद , पर्यटन लगाएतकाे उदाहरणीय काम गरेकोले अब दाेहरीएकाे खण्डमा जनताकाे चाहना अनरुप थप काम गर्दै समृद्ध गाउँपालिका निर्माणका लागि काम गर्ने बताउनु भएको हाे ।
त्यस्तै लामाे समय देखि सामाजिक र राजनीतिक क्षेत्रमा लागेका अग्रहरीले सरावल गाउँपालिकाकाे समग्र बिकासकाे लागि जनताकाे मनाेभावना अनरुप काम गर्ने प्रतिनिधि पात्रका रुपमा आएको बताउदै अध्यक्षमा राधेश्याम चाैधरी र उपाध्यक्षमा अाफुलाई विजयी गराउनुहुन सबै पालिका बासिमा अनुरोध गर्नुभएको हाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

