Rashtriya Dainik

कांग्रेस युवा नेता गुप्ताद्धारा वडा अध्यक्षमा उम्मेदवारी

राष्ट्रिय दैनिक / नवलपरासी , १३ बैशाख

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका तर्फवाट युवा नेता जितेन्द्र गुप्ताले वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

मेरो उम्मेदवारी युवा र पहुच नभएका जनताका लागि हो भन्ने मुलभूत उद्देश्यका साथ २०७९ बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा आफुले कांग्रेसवाट वडा अध्यक्षमा उम्मेदवारी दिइएको बताएका हुन ।

उनले आफ्ना प्रष्ट चुनावी एजेण्डा र प्रतिबद्धता सहित जनाता माझँ जाने बताएका छन् । जसमा उनले आफ्ना बिभिन्न खाले महात्वपूर्ण एजेण्डाहरु समेत सार्वजनिक गरेका छन् ।

यसैगरि उनका एजेण्डाहरुमा कुनै पनि योजनाहरु बाडाफाड गर्दा जनताकाृ राय , सल्लाहलाई मध्यनजर गर्दै काम गर्ने , वडामा नश्लसुधार कृत्रिम गर्वाधान पशु किसानलाई निशुल्क सेवा प्रदान , वडामा अन्तर्गत ब्यवसाय तरकारी खेती गर्ने किसानलाई निशुल्क विउविजन बितरण गरिने , वडा अन्र्तगतका विकास निर्माणका अधुराकामहरुलाई ५ बर्ष भित्र पुरा गर्ने , ५ बर्ष भित्रमा वडा भित्र शिक्षा , स्वास्थ्य , खानेपानी , खेलकुद , पर्यटन तथा कृषिलाई पूर्ण रुपले विकास गरि नमुना वडा बनाउने उद्देश्य रहेको छ।

कुनै ठाउँलाई सम्बृद्धि र अध्यारोवाट उज्यालोमा परिणत गर्नका लागि शिक्षा पहिलो स्थानमा राखि म मेरो वडामा शिक्षबिध , शिक्षक ज्यू , ब्यबस्थापन समितिसं प्रत्येक ६ महिनामा बैठक बसेर यस पालिकाकै नमुना बिधालय बनाउन बिषेश भूमिका खेल्नेछु उनले भने यस वडामा भ्रष्टचारी नेताहरुलाई परास्त गर्ने र समाजको चौतर्फी विकासका लागि मेरो उम्मेदवारी रहेको छ।

उनले आफ्नो वडामा गुठी संस्थानहरुको उचित ब्यबस्थापन गर्ने , युवाहरुको बचावतका लागि युवा सम्बन्धि खेलकुदका कार्यक्रम , वडाको समृद्धि विकासका लागि बिभिन्न राजनितिक दलहरुका अग्रज , समाजका अग्रज ब्यक्तिहरुसंग समय समयमा बिशेष छलफल गरि अगाडी बढ्ने र हाल सम्म वडा देखी केन्द्रसम्म जनप्रतिनिधिद्धारा कुनै पनि कुरामा आर्थिकको पार्दशिता नरहेकाले आफुवाट आर्थिक पार्दशिता उचित राख्ने उनले प्रतिबद्धता जनाएका छन् ।

लामो समयदेखी पत्रकारीता तथा तरुण दलको नेतृत्व समालिरहेका नेता गुप्ताले यदी आफ्ना यि एजेण्डाहरु भन्दा कुनै नेताले यो भन्दा राम्रा एजेण्डाहरु ल्याएर वडाबासीको हितमा र विकासमा काम गर्ने भए आफू सहमतिका आधारमा पछाडी समेत जान तयार रहेको उनले बताएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित