राष्ट्रिय दैनिक / नवलपरासी , १३ बैशाख
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ वडा सचिवकाे जागिर छाडेर इन्द्र कमल यादवले उम्मेदवारी दर्ता गराएका छन।
जनप्रतिनिधिहरूसँग काम गर्दै जाँदा उनलाई नीति निर्माण तहमै काम गर्ने रहर जाग्यो । अनि आफैंले जागिर गरिरहेको पालिकामा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

२५ वर्षसम्म गरेको जागिर छोडेर उनी अब जनप्रतिनिधि बन्ने दौडमा लागेका हुन् । उनी लाेकतन्त्रिक समाजवादी पार्टी तर्फबाट सरावल गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बनेका छन् । खरिदार तहबाट जागिर सुरु गरेका यादव अहिले सरावल ६ काे वडा सचिव पदमा कार्यरत थिए । पालिका देखि वडासम्म जनसम्पर्कमै बसेर काम गरेकाले उनलाई निर्वाचनमा होमिन सहज भयो ।
राष्ट्रिय दैनिकसंग कुराकानी गर्दा यादवले भने मलाई पालिकाको वडामा बसेर काम गरिरहँदा अझ माथिल्लो तहमा रहेर काम गर्ने इच्छा जाग्यो, उनले भने, ‘नीति निर्माण तहमै बस्दा केही परिवर्तन गर्न सकिने आत्मविश्वास बढ्यो अनि जागिर छोडेर राजनीतिमा होमिएँ ।’
जनतासँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले निर्वाचनमा सहजता हुने उनको आशा छ । सरावल–३ गाेइनीमा जन्मेका यादवले सानैदेखि गाउँका दुःख बुझेका छन् । साबिक सरावल गाबिसमा काम गर्दा पनि घरघरमा सेवा दिन हिंडेकाले निर्वाचनमा पनि जनसम्पर्कले सहयोग पुग्ने उनले बताए । म घरघर पुगेर सेवा दिएको छु,’ उनले भने, ग्रामीण क्षेत्रको विकासमा अझ बढी योगदान गर्न राजनीतिमा लागेको छु ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

