राष्ट्रिय दैनिक / नवलपरासी , १३ बैशाख
यहि बैसाख ३० गतेको स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले जिल्ला सदस्य पन्चराम चाैधरीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्।
नेकपा एमालेले पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको अध्यक्षमा सुखाडी प्रसाद चाैधरीलाई टिकट दिएको छ। पार्टीको उक्त निर्णयबाट असन्तुष्ट पन्चराम चाैधरीलेले सरावल गाउँपालिका अध्यक्ष पदको लागि स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
पार्टीले वास्तविक कार्यकर्तालाई बाइकट गरेको उनको आरोप छ । शिक्षा र स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले उम्मेदवारी दिएको उनले बताएका छन् ।
उनले आफ्नो उम्मेदवारी फिर्ता नहुने बताए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

