Rashtriya Dainik

कांग्रेसद्वारा सरावलको अध्यक्षमा गाैड र उपाध्यक्षमा रायकाे उम्मेदवारी दर्ता

राष्ट्रिय दैनिक / नवलपरासी , १३ बैशाख

नेपाली कांग्रेसले सरावल गाउँपालिको अध्यक्ष , उपाध्यक्ष तथा वडा अध्यक्ष सहित सम्पुर्ण प्रतिनिधिमा उम्मेदवारी दर्ता गराएको छ।

पश्चिम नवलपरासीको सरावल गाउँपालिका अध्यक्षमा नेपाली काङ्ग्रेसबाट अनिल कुमार गाैड र उपाध्यक्षमा उत्तमा रायले उम्मेदवारी दर्ता गराएकाे हुन ।

त्यस्तै वडा नम्बर १ काे वडा अध्यक्षमा भेष नरायन चाैधरी , २ मा सम्भु प्रसाद चाैधरी , ३ मा उत्तमा राय , ४ मा बदरुलहक खान , ५ मा लक्ष्मण चाैधरी , ६ मा छाेटेलाल गुप्ता , ७ मा राजमंगल सहानी लगाएतकाे टीमले उम्मेदवारी दर्ता गराएका छन्।

युवा जनशक्तिलाई देशमै राेजगारि दिने साथै कृषि ,शिक्षा र स्वास्थ्य क्षेत्रमा विकास गर्दै स्थानीय जनताहरुसंग हातेमालो गरेर विकास कार्यमा अगाडि बढ्ने उदेश्यले काङ्ग्रेसले उमेदवारी दर्ता गराएको हाे ।

पाँच वर्षपछि वैशाख ३० गते हुन थालेको स्थानीय तहको निर्वाचनलाई विभिन्न राजनीतिक दलहरूले उत्सवको रूपमा लिएर उम्मेदवारी दर्ता गराएका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित