Rashtriya Dainik

सरावलमा हर्साे उल्लासकाे साथ एमालेले गर्याे उमेदवारी दर्ता

नवलपरासी ,१३ बैशाख

पश्चिम नवलपरासीको सरावलमा नेकपा एमालेले हर्साे उल्लासकाे साथ उमेदवारी दर्ता गरेको छ ।

आउदो बैशाख ३० गते हुने स्थानीय निर्वाचनकाे लागि विभिन्न राजनीतिक दलहरूले आ- आफ्नो चुनावी तयारी गर्दै उम्मेदवार घाेषणा गरेर उमेदवारी दर्ता गरेका छन । सरावल गाउँपालिकामा नेकपा एमाले पार्टीको जनलहर संगै एमालेले सरावलमा हर्साे उल्लासकाे साथ उमेदवारी दर्ता गरेको हाे ।

गाउँपालिका अध्यक्षमा सुखाडि प्रसाद चाैधरी , उपाध्यक्षमा बासमती हरिजन र वडा अध्यक्षमा वडा नम्बर -१ मा विष्णु भट्टराई ,२ मा भेषनाराण चाैधरी , ३मा लक्ष्मीनारायण चाैधरी ,४ मा सुरेश यादव,५ मा दिनेश सहानि ,६ मा कैलाश यादव र ७ मा मनाेहर यादव लगाएतकाे उमेदवार घाेषणा गरि नेकपा एमालेले सरावल मा हर्साे उल्लासकाे साथ उमेदवारी दर्ता गराएका हुन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित